स्पेनको बार्सिलोनामा आधुनिक सुविधा र विविध स्वादका परिकारसहितको रेस्टुरेन्ट ‘ससुराली’ सञ्चालनमा आएको छ। सेप्टेम्बर ५ (शनिबार) देखि बार्सिलोनाको ‘क्याले पिकर १४, लोकल ०८००४’ स्थित ठेगानामा रेस्टुरेन्टले आफ्नो भव्य उद्घाटन गर्दै ग्राहकहरूलाई सेवा दिन सुरु गरेको हो।
नेपाली मौलिक स्वादसँगै विदेशी परिकार पारखीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस रेस्टुरेन्टमा प्रामाणिक नेपाली खाना, स्पेनिस टापास र पिज्जाको मुख्य आकर्षण रहेको छ। ‘नेपाली रेस्टुरेन्ट’, ‘टापास एन्ड कोसिना स्पान्योला’ तथा ‘पिज्जेरिया’ गरी मुख्य तीनवटा फुड सेन्टरको अनुभव एउटै छानामुनि लिन सकिने गरी रेस्टुरेन्टको व्यवस्थापन गरिएको छ।
पारिवारिक वातावरण, न्यानो आतिथ्यता र उत्कृष्ट परिकारको गन्तव्यको रूपमा ग्राहकलाई आफ्नै घरको अनुभव गराउने उद्देश्यसहित ससुराली सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएका छन्। सेवा तथा थप जानकारीका लागि फोन नम्बर +३४ ९३६ १२ १२ ७३ तथा ह्वाट्सएप नम्बर ६४१ ३३ ११ ५९ मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।


