बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा समसामयिक राजनीतिक विषय र सरकारका कामकारबाहीबारे विस्तृत छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण तथा भ्रमणका क्रममा भएका उपलब्धिबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए । त्यसैगरी, आगामी निर्वाचनको तयारी, संसद् अधिवेशन आह्वान, सरकारले ल्याउन लागेको अध्यादेश र संसद्मा प्रस्तुत हुने विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ ।

सरकारको समग्र कार्यसम्पादन, मन्त्री तथा मन्त्रालयका गतिविधि र सरकारका आगामी कामकारबाहीबारे समेत दुई नेताबीच कुराकानी भएको थियो ।

यसका अतिरिक्त रास्वपाले सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण अभियानलगायत संगठनात्मक गतिविधिका विषयले पनि भेटमा स्थान पाएको बताइएको छ ।

प्रधानमन्त्री र पार्टी सभापतिबीच भएको लामो भेटवार्तालाई सरकारका गतिविधि, संसदीय प्रक्रिया र पार्टीको आगामी तयारीसँग सम्बन्धित विषयमा केन्द्रित छलफलका रूपमा हेरिएको छ ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा...

सम्बन्धित खबर