नेपाल-स्विट्जरल्याण्ड प्रविधि सहकार्य: विश्व बजारमा नेपाली आईटीको सम्भावना पहिल्याउँदै ‘नास आइटी’

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास आइटी) र स्विस नेप्लिज च्याम्बर अफ कमर्स (एसएनसीसी) को संयुक्त आयोजनामा स्विट्जरल्याण्डको ज्युरिकमा ‘नेपाल टेक रोड शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

हालै आयोजित उक्त कार्यक्रममा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे छलफल गरिएको थियो।

कार्यक्रममा नेपालको बढ्दो सूचना तथा सञ्चार प्रविधि क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यातको सम्भावनाका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणमा नेपालको क्षमता प्रदर्शन गरिएको थियो।

नास आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी कम्पनीका सेवा र प्रविधि समाधानलाई विश्वव्यापी बजारमा पुर्‍याउन रोडसो आयोजना गरिएको बताए।  “यो रोड शोले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आफ्ना क्षमता प्रस्तुत गर्न र नयाँ व्यावसायिक अवसर तथा साझेदारी खोज्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ,” उनले भने।

त्यस्तै, स्विस नेप्लिज च्याम्बर अफ कमर्सले नेपाल र स्विजरल्याण्डबीचको व्यापार तथा प्रविधि सम्बन्ध र दुवै देशका व्यवसायीहरूबीच सहकार्यका सम्भावनाबारे जानकारी गराएको थियो।

कार्यक्रममा १८ वटा नेपाली आईटी कम्पनीहरूले सहभागिता जनाउँदै एक-एक मिनेटको ‘कम्पनी पिच’ मार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानहरू प्रस्तुत गरेका थिए। एआई, साइबर सुरक्षा, प्रोडक्ट डेभलपमेन्ट, बीपीओ, वेब तथा एप डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङ जस्ता क्षेत्रमा नेपाली कम्पनीहरूले गरेका उपलब्धिहरूलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।

लन्डनमा आयोजित ‘नेपाल टेक रोड शो’

कार्यक्रममा बोल्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले सन् २०१५ को महाभूकम्पदेखि कोभिड १९ सम्म व्यहो रेको र हालै आएको भीषण बाढी पछि पनि सहनशीलता र धैर्यका साथ् अगाडी बढ्नु पर्ने बताए। उनले आजको नेपाली युवा पुस्ता प्रविधिमा दक्ष, विश्वव्यापी रूपमा जोडिएको र विश्व बजारमा उनीहरूको सीपको माग उच्च रहेको बताए । नेपाललाई प्रविधिको उदाउँदो हबको रुपमा स्थापित गर्न नेपाल सरकार, गैर आवासीय नेपालीहरु र निजी क्षेत्रले संगै मिलेर काम गर्नु पर्नेमा उनले जोड दिए।

स्विस विकास नियोग (एसडीसी) लगायत अन्य साझेदार तथा सरोकारवालाहरूको सहयोगमा आयोजित उक्त कार्यक्रमको सह-आयोजक स्विस नेप्लिज च्याम्बर अफ कमर्स रहेको थियो। नास आइटीले यसअघि लन्डनमा पनि यस्तै रोड शो आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल र स्विजरल्याण्डका व्यवसायी, प्रविधि प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर