म्याड्रिडमा रचना रिमालको तीज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

म्याड्रिड, स्पेन – लोकप्रिय नेपाली गायिका रचना रिमालको प्रस्तुतिसहितको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सोमबार म्याड्रिडमा भव्यताका साथ सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ स्पेन क्षत्रिय समिती म्याड्रिडको आयोजनामा सम्पन्न यस कार्यक्रममा स्पेनभरका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। परदेशमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई जोगाइराख्ने उद्देश्यका साथ गरिएको यो कार्यक्रमले म्याड्रिडमा तीजको रौनक थपिदिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि स्पेनस्थित नेपाली राजदूत सनिल नेपाल ले सम्बोधनमा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायलाई एउटै मञ्चमा ल्याएर परम्परा र पहिचानलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो।

त्यस्तै, विशेष अतिथि NRNA ICC सदस्य रोशन पाठकले तीजजस्ता पर्वहरूले परदेशमा पनि नेपालीपनको भावना जगाइराख्ने भएकाले यसलाई निरन्तरता दिनु सबैको जिम्मेवारी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा रचना रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू उत्साहपूर्वक नाचेका थिए। साथै, स्थानीय कलाकारहरूले प्रस्तुत गरेका नृत्य तथा सांगीतिक प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बनेका थिए। क्षत्रिय समिती म्याड्रिडका अध्यक्ष हर्क थापाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले परदेशमा रहेका नेपालीहरूलाई एक ठाउँमा जोड्ने मात्र होइन, हाम्रो मौलिक कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम बनेको छ।

” नेपाली समुदायको उत्साहपूर्ण सहभागिता, राजदूतज्यू र विशेष अतिथिहरूको आतिथ्य तथा कलाकारहरूको दमदार प्रस्तुति कारण यो कार्यक्रम म्याड्रिडमा आयोजना भएका तीज विशेष कार्यक्रमहरूमध्ये एक अविस्मरणीय क्षणको रूपमा स्थापित भएको आयोजक समितिले जनाएको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर