तमु समाज बार्सिलोना स्पेनको अध्यक्षमा बेलकाजी गुरुङ सर्वसम्मत चयन

बार्सिलोना, स्पेन | तमु समाज बार्सिलोना, स्पेनको छैटौँ अधिवेशन तथा तमु (गुरुङ) समुदायको महान् पर्व ट्होटे को अवसरमा आयोजित अधिवेशनबाट बेलकाजी गुरुङ अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।

सन् २००७ मा स्थापना भएको तमु समाज बार्सिलोनाको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समीर गुरुङ, उपाध्यक्षद्वयमा मानबहादुर गुरुङ र समि गुरुङ, महासचिवमा यमकुमारी (अस्मिता) गुरुङ, सचिवमा अनिश गुरुङ, कोषाध्यक्षमा हिमान सिंह गुरुङ, सह कोषाध्यक्षमा सञ्जीव गुरुङ, युवा तथा खेलकुद संयोजकमा विश्व गुरुङ तथा सह–युवा तथा खेलकुद संयोजकमा खिमबहादुर गुरुङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा होमबहादुर गुरुङ, अमृत गुरुङ, भगवान गुरुङ, सचिन गुरुङ, पुनम गुरुङ, रेवाती गुरुङ, हेमा गुरुङ, सजाना गुरुङ, अन्तिम गुरुङ, खेम गुरुङ, रमेश गुरुङ, सुरेश गुरुङ, श्रेया गुरुङ र पिन्की गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन्।

अधिवेशन जुलाई २६, २०२६ मा बार्सिलोनाको साला क्यासिनेट होस्टाफ्राङ्क्स (Sala Casinet Hostafrancs) मा सम्पन्न भएको थियो। कार्यक्रममा तमु समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवनिर्वाचित कार्यसमितिलाई विभिन्न सामाजिक संघ–संस्था तथा समुदायका अगुवाहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, सन् २००७ देखि तमु समाज बार्सिलोनाको स्थापना, संरक्षण, विकास र निरन्तरताका लागि योगदान पुर्‍याउने संस्थापक सदस्य, पूर्व अध्यक्ष, पूर्व तथा वर्तमान कार्यसमिति, सल्लाहकार, स्वयंसेवक र शुभेच्छुकहरूप्रति उच्च सम्मान तथा कृतज्ञता व्यक्त गरिएको छ।

नवगठित कार्यसमितिले तमु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै समुदायबीचको एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने तथा संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर