अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतमा भुवन बि.केको शब्द रहेको छ भने संगीत अजय आरएनले भरेका छन्। संगीत संयोजन भुवन बि.के.ले गरेका हुन्। गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका छन् भने प्रि–मिक्स कमल थापा र मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन्।‘पिर दियौ’ गीतले प्रेम सम्बन्धमा आउने पीडा, बिछोड र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। उत्कृष्ट शब्द, संगीत र आकर्षक भिडियोका कारण गीतले नेपाली लोकसंगीत प्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा गायक अजय आरएनसँगै नारायणी खत्री र गोविन्द पहाडीको अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने छायांकन बुद्ध थापाले गरेका हुन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर