बागलुङ समाज स्पेनद्वारा तीजमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम

बार्सिलोना, अगस्ट १७, २०२५। नेपाली चेलीहरूको महान् पर्व हरितालिका तीज को अवसरमा  बागलुङ समाज स्पेनले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष अरुण घिमिरेका  अनुसार कार्यक्रम चेलीहरुको लागी निःशुल्क रहेको र  आगामी अगस्ट २०, २०२५ (बुधबार) साँझ ५:०० बजे, बार्सिलोनास्थित Rasoi Ghar, Calle De la Riena Cristina 10, 08003 मा हुने छ।

यस कार्यक्रममा सहभागी भई परदेशमा बसेका नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृतिको संरक्षण र खुसीयालीका साथ तीज मनाउन सबै बागलुंडेली चेलीहरूलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।

बागलुङ समाज स्पेनले हरेक वर्षजस्तै यस वर्ष पनि तीज पर्वलाई भव्य ढंगले मनाउने तयारी गरेको छ। समाजका अध्यक्ष अरुण घिमिरेका अनुसार, “तीज पर्वले परदेशमा बसिरहेका नेपाली महिलाहरूलाई आफ्नै संस्कृति, गीत-संगीत र परम्परासँग जोड्ने अवसर दिलाउनेछ” र परदेशमा बाग्लुङ्गका  चेलीहरु एकजुट हुने बाताबरण बनाउने छ। 

त्याग, तपस्या र प्रेमको प्रतिकको रुपमा लिइने यस पर्वमा बागलुङ्गे चेली हरूको उलेख्य उपस्थिती रहनेमा आयोजक विश्वस्त रहेको अध्यक्षले जानकारी दिनु भयो। 

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर