गैर आवासिय नेपाली संघ स्पेन, क्षेत्रीय समिती म्याड्रिडको आयोजनामा तिज धमाका

म्याड्रिड, स्पेन —“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समिति म्याड्रिड, स्पेन द्वारा हरितालिका तीज २०८२ को अवसरमा “तीज धमाका – म्याड्रिडमा” नामक भव्य साँगीतिक सांझको आयोजना गरिने भएको छ।

कार्यक्रम अगस्ट २४, २०२५ मा आयोजना हुनेछ। स्थान र समय सम्बन्धी जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने आयोजकहरूले जानकारी दिएका छन्।

यस विशेष कार्यक्रममा नेपालकी सुप्रसिद्ध लोक तथा तीज गायिका रचना रिमालको उपस्थितिमा सांगितिक प्रस्तुति रहनेछ। म्याड्रिडवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई रमाइलो गर्न, नाचगानमा सहभागी हुन र तीज पर्वलाई भव्य बनाउने उद्देश्यका साथ कार्यक्रममा उपस्थित भइदिन आयोजक समितिले हार्दिक आमन्त्रण गरेको छ।

कार्यक्रमले विदेशमा बसोबास गर्ने नेपाली महिलाहरूको संस्कृति र चाडपर्वको महत्त्वलाई जोड दिने अपेक्षा गरिएको छ।

अध्यक्ष हर्क बहादुर थापा लेख्नु हुन्छ, “हामीले तीजलाई रमाइलो मात्रै होइन, नेपालीपनको गौरवका रूपमा मनाउन चाहेका हौं। रचना रिमालजस्ती चर्चित कलाकारको साथले कार्यक्रममा अझ ऊर्जा थप्नेछ।”

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर