Tag: चीन भ्रमण

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार साँझ स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा १४ भदौमा चीन प्रस्थान गरेका ओली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ ।