प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार साँझ स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा १४ भदौमा चीन प्रस्थान गरेका ओली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

उनको सचिवालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी र उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरे। एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीय सहकार्यको महत्वमाथि जोड दिए।

सन् २००१ मा स्थापित एससिओ विश्वकै ठूला क्षेत्रीय संगठनहरूमध्ये एक हो। यसका पूर्ण सदस्यमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदारका रूपमा आबद्ध छन्।

शिखर सम्मेलनका क्रममा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब २५ मिनेट लामो भेटवार्ता गरे। यो भेटमा दुवै नेताले एकअर्कालाई आफ्नो देश भ्रमणको निम्तो दिए। यस्तै, उनले मालदिभ्सका राष्ट्रपति र कम्बोडिया, लाओस तथा भियतनामका प्रधानमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको २३ सदस्यीय प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी र पत्रकारहरू सहभागी थिए।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर