चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली (तनहुँ), १८ असार : आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उहाँलाई आदिकवि उपाधि दिनुभएको हो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेख्नुभएको थियो । उहाँका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उहाँ नेपाली साहित्यिमा स्थापित हुनुभएको मानिन्छ ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर