मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

आगामी ११-१२ डिसेम्बर २०२६ मा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ का लागि समिति तथा उपसमिति गठन गरिएको छ।

गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व क्षेत्रको चौथो बैठकले सम्मेलन लाई व्यवस्थित, भव्य र सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको हो।

मूल आयोजक समिति, सल्लाहकार समिति, व्यवस्थापकीय तथा नोट टिपोट समिति, अतिथि व्यवस्थापन तथा यातायात समिति, प्रायोजक व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, भिसा तथा दर्ता व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, सत्र व्यवस्थापन समिति, मिडिया व्यवस्थापन समिति, लगानी प्रवर्द्धन समिति, सांस्कृतिक व्यवस्थापन समिति, घोषणापत्र तयारी समिति तथा अतिथि निर्धारण समितिलगायत विभिन्न समितिहरू गठन गर्ने निर्णय गरिएको एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिए।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, युवा सहभागिता तथा नेतृत्व विकास, महिला सशक्तीकरण, लगानी प्रवर्द्धन र उद्यमशीलताको विकासमार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीहरूको योगदानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

‘सम्मेलन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई एकता, सहकार्य, साझा जिम्मेवारी र समृद्ध भविष्य निर्माणको साझा अभियान हो। त्यसैले सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता, रचनात्मक सहयोग र सकारात्मक योगदानका लागि हार्दिक आह्वान गर्दछु,’ उनले भनेका छन्।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर