गैरआवासीय नेपाली संघ, स्पेनको ९औँ राष्ट्रिय महाधिवेशन – सांस्कृतिक कार्यक्रमसहित बर्सेलोनामा

बर्सेलोना, स्पेन | ३० जुलाई २०२५ “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (NRNA) – स्पेनले आफ्नो ९औँ राष्ट्रिय महाधिवेशन यही ३० जुलाई २०२५, बुधबारका दिन, दिउँसो 3:30 बजे आयोजना गर्न लागेको छ।
Sercotel Hotel Caspe, Barcelona, Carrer de Casp, 103 मा हुने सो विशेष समारोहमा लोकप्रिय गायिका कला पंगेनी सहित स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहनेछ।

लोकप्रिय नेपाली लोक तथा दोहोरी गायिका कला पंगेनीको प्रस्तुति, स्थानीय नेपाली कलाकारहरूको बहु-आयामिक सांगीतिक एबम नृत्यात्मक प्रस्तुति, सामाजिक एकता र नेपाली पहिचानबारे विशेष संबोधन हुने नव निर्बाचित अध्यक्ष शन्तोष श्रेष्ठ ले जानकारी गराउनु भयो।

निबर्तमान हुदै गर्नु भएका अध्यक्ष पेशल कुमार कोइरालाले संपूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ कार्यक्रममा हार्दिक निमन्त्रणा गर्नु भएको छ. गैर आवासीय नेपाली संघको नबौ अधिबेसन र बिशेष सास्कृतिक कार्यक्रममा उपस्थित भएर बधाई तथा शुभकामना दिन एबम मनोरंजन गर्न आब्हान गर्नु भएको छ ।

कार्यक्रमको प्रमुख अतिधि पूर्व पररास्ट्र एबम अर्थ मंत्री डा प्रकाश शरण महत, बिशिष्ट अतिथि स्पेनका लागी महामहिम राजदुत सनिल नेपाल, संघका केन्द्रीय सचिब चिन्तामणी सापकोटा एवम विभिन्न बिशिष्ट व्यक्तित्व हरुको उपस्थिति हुने जानकारी निबर्तमान हुदै गर्नु भएका महासचिब सुन्दर रानाभाट ले गराउनु भयो।

निर्बाचन समितिका संयोजक सन्दिप मोहान भट्टराईका अनुसार कार्यसमिति निर्बिरोध निर्बाचित भैसकेको छ र ३० तारिखमा घोषणा तथा सपथ ग्रहण हुने कार्यक्रम रहेको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर