मौद्रिक नीति सकारात्मक, तर केही महत्त्वपूर्ण माग बेवास्ता : नेपाल समुद्रपार निकासी पैठारी संघ

काठमाडौं, असार २९ | नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक प्रतिक्रिया दिएको छ। संघका अनुसार, ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने, र खराब कर्जाबाट प्रभावित बैंकलाई राहत दिनेजस्ता लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।

संघका महासचिव जयन्तकुमार अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो नीति सरकार, बैंक, ऋणी तथा निजी क्षेत्र सबैका लागि लाभदायक देखिन्छ।” साथै, मौद्रिक नीतिका नीतिगत व्यवस्थाले आपूर्ति पक्ष सुधार गर्न सहयोग गर्ने विश्वास संघले व्यक्त गरेको छ। नीति घरजग्गा, सेयर बजार, कृषि तथा साना उद्यममा पनि सकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

चालुपुँजी कर्जा मार्गदर्शनमा सबै क्षेत्र समेट्न माग

संघले चालुपुँजी कर्जा मार्गदर्शनका प्रावधान पुनरावलोकन गर्ने निर्णयलाई स्वागत गरे पनि सिमित क्षेत्रलाई मात्र लक्षित गरेर गरिएको पुनरावलोकनको संकेतप्रति चिन्ता व्यक्त गरेको छ। “हामी सबै व्यवसायका लागि लागू हुने गरी कर्जा मार्गदर्शन पुनरावलोकन गर्न माग गर्दछौं”, विज्ञप्तिमा भनिएको छ।

कर्जाको पहुँच र मागमा वृद्धि हुने अपेक्षा

पहिलो निजी आवासीय घर निर्माणका लागि सम्पत्तिको मूल्यको ८०% सम्म कर्जा उपलब्ध गराउने र दोस्रो, तेस्रो घरको हकमा ७०% सम्म कर्जा दिने प्रावधानले बजारमा माग वृद्धि हुने संघको धारणा छ। त्यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमा घटाइएकोले लगानी बढ्न सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

वैदेशिक विनिमय र धितोपत्र बजारका घोषणालाई स्वागत

विदेश भ्रमणमा जाने व्यक्तिका लागि विदेशी मुद्रा सटही सीमा बढाउने, सार्क मुलुकका मुद्रालाई परिवत्र्य बनाउने निर्णय, र मार्जिन प्रकृतिको कर्जा सीमा बढाउने घोषणालाई पनि संघले सकारात्मक मानेको छ। यी उपायहरूले धितोपत्र बजारमा सुधार ल्याउने विश्वास गरिएको छ।

अझै सम्बोधन हुन बाँकी मागहरू

यद्यपि संघले उल्लेख गरेका केही महत्त्वपूर्ण मागहरू मौद्रिक नीतिमा समेटिएको छैन। आयातमा भुक्तानी गर्न पाइने सीमा वृद्धि, विदेशीसँग लिएको सेवाबापत भुक्तानीको सीमा, र भुक्तानी मिति गणनाजस्ता मुद्दामा मौद्रिक नीति मौन रहेको संघको गुनासो छ।

त्यस्तै, एभान्स पेमेंट प्रणालीमा बैंकले ८०% सम्म कर्जा दिन पाउने व्यवस्था, र तिर्ने समय भन्सार छुटाउनुअघि पाउने सुविधा लगायतका मागहरू पनि बेवास्ता गरिएको संघले जनाएको छ।

प्रतिबन्ध हटाउन र होल्ड रकम नहुनुपर्ने माग

संघले विदेशी विनियम सञ्चिति उच्च बिन्दुमा पुगेको बेला सामान्य उपभोग्य वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध हटाउन तथा भन्सार जाँचपासको क्रममा बैंकले ३% रकम होल्ड गर्ने प्रावधान हटाउनुपर्ने माग पनि दोहोऱ्याएको छ।

संघले अन्त्यमा छुटेका विषयहरूलाई केन्द्रीय बैंकले परिपत्र वा निर्देशनमार्फत सम्बोधन गर्ने अपेक्षा व्यक्त गरेको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर