पछिल्ला घटनाक्रमप्रति एनआरएनएका पूर्व उपाध्यक्ष साहको कडा आपत्ति

अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गैरआवासीय नेपाली संघका नेताहरू संस्थागत रूपमा सरकार तथा संसद्मा रहेका दलहरूलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्रमा सहमत गराउन लाग्नुको साटो आलोपालो जस्तो गरी व्यक्तिगत भेटघाटमा व्यस्त देखिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

 गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐनको प्रारम्भिक छलफल र आउँदो संसद्मा यससम्बन्धी ऐन पेस नहुने खालका सार्वजनिक समाचारले पनि यो विषय सरकारको प्राथमिकतामा नपरेको प्रष्ट हुने बताए  । यस्तो संवेदनशील समयमा संघको अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) ले संसदमार्फत मुद्दाहरू सम्बोधन गराउन सरकार र सम्बन्धित पक्षलाई कन्भिन्स गर्नुपर्नेमा, ध्यान अर्कैतर्फ मोडेर राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा नदेखिएको विवाद देखाउन उद्दत रहेको  साहले आरोप लगाए ।

अन्तर्राष्ट्रिय परिषद् जे–जसरी गठन भए पनि र असन्तुष्टि रहे पनि सबैले एकता र गैरआवासीय नेपालीको हितका लागि साथ दिएको स्मरण गराउँदै पूर्व उपाध्यक्ष साहले अहिले नेतृत्वबाट एनसीसीहरूमा अनावश्यक प्रवेश गरी आफूखुसी निर्देशनात्मक आदेश दिने र निर्वाचित कमिटीहरूको काममा अवरोध पुर्‍याउने कार्य भइरहेको भन्दै आपत्ति जनाए।

एकता र मिलन सबैले चाहेको विषय भए पनि व्यक्तिगत ढंगबाट बिना निर्वाचन खोलिएका संघ-संस्थासँग मिल्नुपर्छ भन्दै आईसीसीले निर्देशन दिनु कदापि सही नहुने र कोही छुटेका भए निर्वाचित कमिटीमै समेटिनुपर्ने उनको तर्क छ । आईसीसीले अब एनसीसीका आन्तरिक मामिलामा हस्तक्षेप गर्नुभन्दा आगामी चुनावमा बढी फोकस हुनुपर्ने र सबै सदस्यहरूले मत दिन मिल्ने गरी निर्वाचनको सुनिश्चितता गर्नु नै अहिलेको मूल विषय हुनुपर्नेमा उनले जोड दिए । एनसीसीहरू स्वायत्त रूपमा चलिरहेकाले उनीहरूलाई काम गर्न दिनुपर्ने र सानातिना समस्या उनीहरू आफैंले मिलाउने हुँदा आईसीसीले डर-धम्की देखाएर हस्तक्षेप गर्ने कार्यले समग्र एनआरएनए अभियानलाई नै घाटा पुर्‍याउने चेतावनी साहले दिएका छन् ।

नेपालमा लामो समयको प्रतिक्षापछि करिब दुई तिहाइ मतसहित एकल दलको सरकार बनेको र चुनावअघि नै आफ्नो प्रतिज्ञा पत्रमार्फत गैरआवासीय नेपालीका मुद्दामा स्पष्टता कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहेको अवस्थामा, यो समय सरकारलाई नीतिगत निर्णय गराउन अभियन्ताहरूले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने उपयुक्त अवसर भएको उनले उल्लेख गरेका छन् । व्यक्तिगत राजनीतिक आस्थाभन्दा माथि उठेर गैरआवासीय नेपालीहरू मुलुकको विकास र समृद्धिका वास्तविक सारथी हुन् भन्ने बुझाउँदै उनीहरूलाई अधिकार सम्पन्न गराउन सरकारलाई सहमतिमा ल्याउनेतर्फ समय खर्चिनुपर्नेमा साहले जोड दिएका छन् ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर