बार्सेलोनामा निःशुल्क रेजिडेन्सी आवेदन अभियान जारी, महिला टिम सक्रिय

स्पेन। बार्सिलोनामा आर्थिक अवस्थाका कारण वकिलमार्फत प्रक्रिया अगाडि बढाउन कठिनाइ भोगिरहेका नेपालीलाई लक्षित गर्दै सञ्चालन गरिएको निशुल्क Mas Regularización पेपर आवेदन सहयोग कार्यक्रमको पहिलो चरण ७ मे २०२६ मा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा आवश्यक कागजात तयारी, आवेदन प्रक्रिया तथा Certificado de Vulnerabilidad सम्बन्धी आवश्यक सहजीकरण प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अब दोस्रो चरण अन्तर्गत भोलि ०८/०५/२०२६ का दिन बिहान ११:०० बजे देखि दिउँसो २:०० बजे सम्म थप निःशुल्क सेवा उपलब्ध गराइने आयोजक पक्षले जनाएको छ। आफ्नो कागजपत्र पूरा भएका वा केवल “Certificado de Vulnerabilidad” मात्र बाँकी भएका इच्छुक दिदीबहिनीहरूले उपस्थित भई लाभ लिन सक्नेछन्। आवश्यक परेमा सम्बन्धित संस्थाले नै सर्टिफिकेट तयार गरिदिने व्यवस्था रहेको छ। भाषा सम्बन्धी समस्या भएमा महिला टिमले आवश्यक सहयोग गर्ने जनाएको छ।

स्पेनको जुनसुकै स्थानबाट आएर आवेदन दिन सकिनेछ। सहभागीहरूले सकेसम्म सबै डकुमेन्ट PDF फाइलमा लिएर आउन अनुरोध गरिएको छ।

स्थान:
Sindillar La Bonne
C/Sant Pere més Baix 7, 3rd Floor
L1 / L4 – Plaza Urquinaona

सम्पर्क:
जमुना सापकोटा 605 984 542
दीपिका श्रेष्ठ 623321286
सरला सापकोटा 667303852

कार्यक्रममा सहभागी भई सहयोग पुर्‍याउने सम्पूर्ण स्वयंसेवक, संस्थाहरू तथा सहयोगी व्यक्तित्वहरूप्रति महिला टिमले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर