कांग्रेसमा ३९ सदस्यीय नीति प्रतिष्ठान गठन, प्रवासबाट डा. यादव पण्डित सदस्यमा नियुक्त

ललितपुर । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका छन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम गरिएको यस नियुक्तिमा प्रवासमा रहेर पनि नेपाली राजनीति र प्राज्ञिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका प्रभावशाली व्यक्तित्व डा. यादव पण्डितले महत्वपूर्ण जिम्मेवारी पाएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व महामन्त्री समेत रहेका डा. पण्डितलाई प्रतिष्ठानमा ‘प्रवास’ क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य पदमा मनोनित गरिएको हो।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी नेविसंघको केन्द्रीय महामन्त्री जस्तो गरिमामय पद सम्हालिसकेका डा. पण्डित वैचारिक र सांगठनिक दुवै पक्षमा दख्खल राख्ने नेता मानिन्छन्। उच्च शिक्षा र अनुसन्धानका क्रममा लामो समयदेखि अमेरिकामा रहँदै आएका उनले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीको मूलधारमा जोड्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कांग्रेसको वैचारिक उपस्थिति बलियो बनाउन भूमिका खेल्दै आएका छन्।

उनको यो नियुक्तिले प्रवासमा रहेका बौद्धिक जनशक्तिलाई पार्टीको नीति निर्माण तहमा समेट्ने कांग्रेसको नयाँ रणनीतिलाई संकेत गरेको छ।

डा. पण्डितसँगै प्रतिष्ठानमा मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, मोहना अन्सारी, मीन भाम, विनोद दास र ई. दिपेश विष्ट जस्ता विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तित्वहरूलाई समावेश गरिएको छ।

नेविसंघको सांगठनिक अनुभव र विदेशको उच्च प्राज्ञिक ज्ञान दुवै भएका डा. पण्डितको उपस्थितिले प्रतिष्ठानलाई अनुसन्धानमुखी बनाउन र पार्टी कार्यकर्ताहरूलाई समसामयिक विश्व राजनीति तथा नीतिगत विषयमा प्रशिक्षण दिन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।

उपसभापति शर्माले नेतृत्व लिएपछि प्रतिष्ठानलाई पार्टीको ‘थिङ्क ट्याङ्क’ का रूपमा सक्रिय बनाउन डा. पण्डित लगायतका युवा र प्राज्ञिक अनुहारहरूलाई प्राथमिकतामा राखेका हुन्।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर