के के गरिन् लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले गत एक वर्षमा ? हेर्नुस् उनको  रिपोर्ट कार्ड

दाङ्ग । वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस ३० गतेसम्म ३६६ दिनको अवधिमा  लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले सदनमा देखाएको उपस्थिति, उठाएका सार्वजनिक सरोकारका मुद्दा र कार्यान्वयन भएका योजनाहरूलाई समेटेर रिपोर्ट कार्ड सार्वजनिक गरिएको छ ।

प्रतिवेदन अवधिभर जम्मा १८ दिन सदन चलेकोमा सभासद गिरी १५ दिन (८३ प्रतिशत) उपस्थित भइन् भने घरायसी वा विशेष कारणले ३ दिन मात्र अनुपस्थित रहिन् । कुल ४१ घण्टा ५१ मिनेट सदन चलेको समयमध्ये उनले ५ पटक विशेष समय लिएर ४५ मिनेटसम्म विभिन्न सार्वजनिक महत्त्वका विषयमा आवाज उठाएकी थिइन् ।सत्ता साझेदार दलको सदस्य भए तापनि उनले आफ्नो गृह जिल्ला प्युठानको विकास र चुनावी प्रतिबद्धता पूरा गराउन सरकारलाई घच्घच्याउने काममा कुनै कसर बाँकी राखिनन्।

सदनमा उनले उठाएका महत्वपूर्ण  विषयहरुमध्ये ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ भने ‘प्रदेश आयोजना बैंक’ र ‘संस्थागत स्मृति हस्तान्तरण’ जस्ता महत्त्वपूर्ण विषयमा कार्यविधि निर्माणको चरण सुरु भएको छ । यस्तै, ‘प्रदेश विकास परिषद्’ गठन भइसकेको छ भने नयाँ पुस्ता (जेनजी) लाई रोजगारीमा प्राथमिकता दिने र सुशासन ऐन कार्यान्वयनका लागि बजेट विनियोजन भई काम अगाडि बढेको छ । कारागार र बाल सुधार गृहमा पुस्तकालय स्थापना तथा ध्यान-योग सञ्चालन जस्ता मानवीय सुधारका कार्यहरू पनि उनकै पहलमा कार्यान्वयनमा आएका छन्।

सांसद गिरीले नागरिकता ऐनमा रहेको विभेदकारी प्रावधान हटाउन विशेष जोड दिएकी छिन् ।विवाहित महिलाले नागरिकता लिँदा माइतीको सिफारिसमा पनि लिन पाउने व्यवस्थाका लागि उनले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूसँग समन्वय गरी विधेयक संशोधनमा पहल गरेकी छिन् । यसका साथै, खेलाडीहरूको स्वास्थ्य बीमा, द्वन्द्व प्रभावित एकल महिलाको भत्ता, र कर्मचारी सरुवा-बढुवामा पारदर्शिता जस्ता सामाजिक न्यायका मुद्दाहरूमा उनले सदनमा बलियो उपस्थिति जनाइन्।

प्युठान जिल्लाको विकासका लागि “प्युठानी जनताले दुःख पाउनु पर्दैन, सबै बाटो पिच गर्छौं” भन्ने चुनावी वाचा सम्झाउँदै उनले बजेट विनियोजनमा सरकारको ध्यानाकर्षण गराइन् । शिक्षा क्षेत्रमा विद्यालय कर्मचारीको तलब वृद्धि र विद्यार्थीहरूको ‘ड्रपआउट’ समस्या समाधान गर्न उनले पहल गरेकी छिन् । युवाहरूलाई प्रविधिसँग जोड्न प्युठानका १५ सय विद्यार्थीहरुलाई सूचना प्रविधि र  कृत्रिम बुद्धिमत्ता  सम्बन्धी तालिम तथा पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ गाइड तालिम प्रदान गरिएको छ । साथै, ६४ वडाका २५० एकल महिलाहरूका लागि ‘रातो टीका अभियान’ र सचेतना कार्यक्रम मार्फत सामाजिक विभेद विरुद्ध पनि उनले कार्य गर्दै आएकी छिन्।

प्रदेश सभासद  गिरीले वातावरण संरक्षणका लागि “एक व्यक्ति १०० रूख” र पारिवारिक मूल्य मान्यता जोगाउन “श्रवण कुमार सम्मान” जस्ता नवीन सोचहरू अगाडि सारेकी छिन् । सामाजिक रूपमा पछाडि परेका तर देशका लागि योगदान दिएका व्यक्तिको नाममा भौतिक पूर्वाधारको नामकरण गर्नुपर्ने उनको मागले दूरगामी महत्त्व राख्दछ । समग्रमा, उनको एक वर्षको कार्यकाल नीति निर्माण, सामाजिक जागरण र जिल्लाको विकासका लागि सरकारलाई जबाफदेही बनाउन केन्द्रित देखिएको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर