एनआरएनए–केआईओसीएचबीच बाल स्वास्थ्य सुधारका लागि सहकार्य सम्झौता

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच नेपालमा बाल स्वास्थ्य सेवा सुदृढीकरणका लागि सहकार्य गर्ने समझदारी भएको छ।

सम्झौताअनुसार एनआरएनएले विश्वभर रहेका नेपाली डायस्पोरासँग केआईओसीएचलाई जोड्दै ज्ञान, सीप तथा प्रविधिको आदान–प्रदानमा सहयोग गर्नेछ । यसका साथै बाल चिकित्सा क्षेत्रमा आवश्यक उपकरण तथा सर्जिकल सामग्री उपलब्ध गराउने, र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

दुवै संस्थाबीचको आपसी समझदारीअनुसार अन्य विभिन्न सहकार्यात्मक कार्यक्रमहरू पनि आगामी दिनमा सञ्चालन गरिने जनाइएको छ । यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

समझदारीपत्रमा केआईओसीएचका अध्यक्ष भगवान कोइराला र एनआरएनएका अध्यक्ष हेम राज शर्माले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर