मनोज गोर्खालीलाई एनआरएनए विपद् व्यवस्थापन विभागको जिम्मा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विपद् व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई दिइएको छ ।

संघको ११४औँ बैठकले आइसीसी उपाध्यक्ष रहेका श्रेष्ठलाई यस्तो जिम्मेवारी दिइएको हो । सन् २०२५–२७ कार्यकालका लागि परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गतको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै श्रेष्ठले आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धी ठोस कार्ययोजना र कार्यविधि तयार पार्नुपर्ने छ ।

उनलाई बढीमा २५ सदस्यीय समिति र ५ जना विज्ञ सल्लाहकारहरू मनोनयन गरी अप्रिल १५ सम्ममा सिफारिस गर्ने अधिकार दिइएको अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवि खड्काद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सामाजिक उद्यमशीलता र मानवीय सेवामा १५ वर्षभन्दा लामो अनुभव भएका श्रेष्ठले यसअघि नै विपद्को समयमा आफ्नो कुशलता प्रदर्शन गरिसकेका छन् । सन् २०१५ को विनाशकारी भूकम्पमा लाप्राक र बारपाक पुगेर प्रत्यक्ष राहत वितरण गरेका श्रेष्ठले सन् २०२० को बाढी र २०१९ को बाराको हावाहुरी पीडितलाई समेत महत्वपूर्ण सहयोग पुर्‍याएका थिए ।

विशेषगरी कोभिड–१९ महामारीको समयमा युएई सरकारसँग समन्वय गरी करिब २०० मिलियन रुपैयाँ बराबरको राहत र स्वास्थ्य सामग्री नेपाल पठाउन नेतृत्व गरेकोमा उनले दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद अल मकतूमबाट ‘कोभिड–१९ हिरो अवार्ड’ समेत प्राप्त गरेका थिए । यसैगरी जाजरकोट भूकम्पमा पनि उनले आफ्नो कुशल नेतृत्व प्रदान गरेका थिए ।

धादिङमा जन्मिएर दुबईलाई कार्यथलो बनाएका श्रेष्ठ एनआरएनएका पूर्व सचिव र मध्यपूर्व क्षेत्रीय संयोजक समेत भएका थिए ।

उनले खेलकुद र शिक्षाको क्षेत्रमा पनि उत्तिकै योगदान पुर्‍याउँदै आएका छन् । विपन्न चेपाङ समुदायका बालबालिकाका लागि विद्यालय स्थापना र आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टोलीको सफल नेतृत्व पनि गरेका थिए ।

जेनजी विद्रोहपछि उनको नेतृत्वमा काठमाडौं उपत्यका ट्राफिक नियन्त्रण कक्ष पुनर्निर्माण भएको थियो ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर