एनआरएनए नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मा लोक दाहाललाई

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएका उपाध्यक्ष लोक  प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

एनआरएनएको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५–२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो ।

संघका अध्यक्ष डा. हेम राज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काद्वारा प्रेषित पत्रमा दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशन दिइएको छ ।

विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका पदाधिकारीहरूसँगको समन्वयमा बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरू प्रस्ताव गर्ने जानकारी दिए । उनले अप्रिल १५ भित्र नामावली बुझाउने बताए । विभाग प्रमुख दाहालले नेपालको पर्यटन पर्वद्धनमा एनआरएनएले सघाउने बताउँदै त्यसका लागि आफू समन्वकारी भूमिका खेल्नका लागि नै यो जिम्मेवारी लिएको बताए ।

कर्मथलो बेल्जियम बनाएका दाहाल नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका व्यक्ति पनि हुन् । उनले पर्यटन पर्वद्धन गर्ने उद्देश्यले उच्च हिमाली दौड आयोजना गर्ने सोँचमा रहेको बताए । हिमाल आरोहण गर्ने आरोही र भरियाबीचको सम्बन्ध सुमधुर बनाउन यस्तो प्रतियोगिता गराउने बताए । यसैगरी नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउने प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर