बार्सिलोनामा नवदुर्गा पूजाको आयोजना

बार्सिलोना, स्पेन l गैर आवासीय नेपाली संघ स्पेनले यस वर्षको दशैं पर्वको अवसरमा नवदुर्गा पूजाको आयोजना गर्ने भएको छ। कार्यक्रम सेप्टेम्बर २२, २०२५ (घटस्थापना) बाट सुरू भई अक्टोबर २, २०२५ (विजयादशमी) सम्म निरन्तर सञ्चालन हुने संघले जनाएको छ।

पूजा बार्सिलोनाको Jardin de Hara, C/Fraternitat 25 मा दैनिक बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजे सम्म हुने कार्यक्रम संयोजक जमुना सापकोटाले जानकारी दिनु भयो । विशेष गरी महाअष्टमी (सेप्टेम्बर २९, बेलुकी ८:०० बजे) मा विशेष कालरात्रि पूजा आयोजना गरिनेछ भने विजयादशमीको दिन सामूहिक टीका तथा प्रसाद ग्रहण कार्यक्रम हुनेछ।

कार्यक्रम संयोजक जमुना सापकोटा रहनु भएको छ भने कार्यक्रम सफल बनाउन विभिन्न उपसमिती बनेको अध्यक्ष सन्तोष सन्तोष श्रेष्ठले जानकारी दिनु भयो l पूजाका सम्पूर्ण धार्मिक विधिहरू ४ जना पण्डितहरूको समिती बनेको छ र उहाहरुको उपस्थितिमा सम्पन्न गरिनेछ । संघले स्पेन तथा बार्सिलोना क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई आफ्ना बालबच्चा सहित उपस्थित भई दुर्गा पूजामा सहभागी हुन, सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

स्पेनमा पहिलो पटक भब्य धार्मिक पुजा हुन लागेको हो l ठुलो संख्यामा नेपाली हरु स्पेनमा भएपनि धार्मिक गतिबिधि कम छ, नेपाली बालबालिका ले कल्चर प्रोग्राम देखे पनि धार्मिक प्रोग्राम नजिक बाट नियाल्न पाएका छैनन्l यो एक अवसर हो, आफ्ना बालबालिकालाई धार्मिक गतिविधिमा सामेल गराउने l

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर