एनआरएनए यूकेद्वारा आयोजना हुने अन्तरक्रिया कार्यक्रम स्थगित

लन्डन । हाल नेपालको जटिल परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए यूकेले यहि 20 सेप्टेम्बरको  लागि तय गरेको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ। प्रमूख सल्लाहकार आर.के. त्रिपाठी र सचिव कृष्णप्रसाद खतिवडाको संयोजनमा कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो।

कार्यक्रममा गैरआवासीय नेपालीको वर्तमान चुनौती, प्रत्यक्ष संसदीय प्रतिनिधित्वको आवश्यकता तथा एनआरएनएको भविष्यको स्वरुपबारे छलफल हुने तय गरिएको थियो। तर नेपालभित्रको राजनीतिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार नेतृत्वले कार्यक्रम तत्कालका लागि नगर्ने निर्णय गरेको हो।

एनआरएनए यूकेका प्रवक्ता कुल प्रसाद कंडेलले यस निर्णयलाई आवश्यक र जिम्मेवार कदमको रुपमा व्याख्या गरेका छन्। साथै, संस्थाले गैरआवासीय नेपालीहरुलाई निरन्तर रुपमा सूचित गर्ने र आगामी दिनमा अझ सशक्त छलफलका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर