लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली महिलाहरूको महान् पर्व तीजलाई उल्लासपूर्वक मनाउँदै नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा पनि जोगाउने उद्देश्यले कार्यक्रम आगामी २८ अगस्ट २०२५, बिहीबार दिउँसो ३:०० बजे सम्पन्न हुने अध्यक्ष दीपा काफ्लेले वताउनु भयो ।
कार्यक्रम स्थल Rua Carios Reis 1RC, Esq. Bairro da Carochia, 2620-496 Ramada तय गरिएको छ।
यस अवसरमा चर्चित गायिका रीता केसी र गायक सुमन खड्काले विशेष प्रस्तुति दिनेछन्। आयोजक संघका अनुसार कार्यक्रमलाई मनोरञ्जनमय बनाउन सांगीतिक, नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत रहनेछ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलले सम्पूर्ण पोर्चुगलवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई एकआपसमा भेटघाट, खुशी साटासाट र नेपालीपनलाई मजबुत बनाउन आह्वान गरेको छ।



