एनआरएनए जर्मनीले एनआरएनए जर्मनी कप फुटबल को आयोजना गर्दै

म्युनिख, जर्मनी l गैरआवासीय नेपाली संघ जर्मनीले यस वर्षको “NRNA Germany Cup Football 2025” आगामी शनिबार, सेप्टेम्बर ६, २०२५ मा आयोजना गर्ने भएको छ। Sportschule Oberhaching, München स्थित आधुनिक स्टेडियममा हुने यस एकदिवसीय प्रतियोगितामा पुरुष र महिला गरी २० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

२०२५ को NRNA जर्मनी कप हालै नवनिर्वाचित अध्यक्ष लोकमणी ढकाल नेतृत्वको कार्यसमितिद्वारा संयोजन गरिएको हो। NRNA NCC Germany, NRNA LCC Bayern तथा NFT Munich को संयुक्त आयोजनामा कार्यक्रम भव्य ढंगले सम्पन्न गरिनेछ।

राजदूतद्वारा उद्घाटन, १०००+ दर्शकको अपेक्षा

प्रतियोगिताको उद्घाटन जर्मनीस्थित नेपाली राजदूत डा. शैल रूपाखेती द्वारा गरिनेछ। कार्यक्रममा NRNA का अग्रज, विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, खेलप्रेमी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहनेछ।

आयोजकका अनुसार प्रतियोगितामा ४५० भन्दा बढी खेलाडी तथा १००० भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि पाँचवटा फुटबल मैदानसहितको अत्याधुनिक सुविधायुक्त Sportschule Oberhaching स्टेडियम चयन गरिएको छ।

सहभागी टिमहरू

महिला तर्फ ५ टिम

NFT Munich, NFC Hamburg, FC Berlin, NFC Stuttgart, NFC Bonn

पुरुष तर्फ १५ टिम

NFC Bonn, Dresden Nepal FC, NFT Weingarten, NFC Hamburg Veteran, Nepal Darmstadt FC. Nepalese Stars NRW, NFC Hamburg, NFC Nürnberg. Eintracht Nepali FC Red, Eintracht Nepali FC Black. NFC Hannover, FC Berlin Nepal, Khukuri Bremen FC, NFC Stuttgart, NFT Munich

प्रथम पुरस्कार €५,००० सम्म

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कार पनि प्रदान गरिनेछ।
पुरुष तर्फ प्रथम पुरस्कार €5,000 दोस्रो पुरस्कार €2,000 र महिला तर्फ प्रथम पुरस्कार €2,000 दोस्रो पुरस्कार €1,000 रहनेछ।

खेलकुदमार्फत नेपाली एकता र पहिचानको प्रवर्द्धन

आयोजकका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद प्रवर्द्धनका साथै प्रवासी नेपालीहरूबीच आपसी मित्रता, सहकार्य र एकता बलियो बनाउने रहेको छ। साथै, नयाँ पुस्तालाई खेलतर्फ प्रेरणा दिने, स्वास्थ्यप्रति सचेतना फैलाउने र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग गर्ने प्रतियोगिताको लक्ष्य रहेको छ।

सहयोगका लागि अपील

प्रतियोगिता सफल बनाउन व्यक्तिगत तथा संस्थागत सहयोगका लागि आह्वान गरिएको छ। इच्छुक सहयोगदाताका लागि निम्न बैंक विवरण सार्वजनिक गरिएको छ:

IBAN: DE98 7001 0080 0647 9268 06
Account Name: NRNA Germany e.V
Purpose (Verwendungszweck): Nrna Cup Munich

(Spende Quittung आवश्यक परेमा उपलब्ध गराइनेछ)

NRNA जर्मनीका अनुसार यो फुटबल कप खेल प्रतियोगितामात्र नभई सम्पूर्ण प्रवासी नेपालीलाई एकै मञ्चमा ल्याउने सांस्कृतिक र सामाजिक उत्सव पनि हो। सहभागी सबैलाई आफ्नो पहिचानमा गर्व गर्ने र एकआपसमा चिनजान तथा सम्बन्ध विस्तार गर्ने सुनौलो अवसरको रूपमा पनि यसलाई हेरिएको छ।

NRNA जर्मनीले सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी र शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न तथा कार्यक्रम सफल बनाउन योगदान दिन आग्रह गरेको छ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर