‘गाउँ केन्द्रित अर्थतन्त्रमा जोड दिन आवश्यक’:अध्यक्ष भागिरथ सापकोटा

काठमाडौँ, ८ भदौः नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले अर्थतन्त्रलाई गाउँ केन्द्रित बनाउन सकियो भने मात्रै सार्थक विकास सम्भव हुने बताउनुभएको छ ।

महासङ्घको सुन्धारास्थित केन्द्रीय कार्यालय आज उद्घाटन गर्दै उहाँले नेपालीपन झल्कने गरी अर्थतन्त्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “मुलुकको अर्थतन्त्र अहिले रेमिट्यान्समा निर्भर छ, तर यो दिगो अर्थतन्त्रका लागि राम्रो होइन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “रेमिट्यान्सको रकममार्फत भन्सारमा आधारित करले अर्थतन्त्रबाट बाहिर निस्कन स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्छ, यसका लागि गाउँ केन्द्रित विकासमा जानुपर्छ ।

” त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठनका इन्चार्ज भानुभक्त ढकालले महासङ्घको सुझाव सरकार र पार्टीले लिने नीतिमा देखिने विश्वास व्यक्त गर्नुभयो । महासङ्घले यसअघि रामशाहपथस्थित नेशनल ट्रेडिङको भवनमा रहेको आफ्नो केन्द्रीय कार्यालयलाई आजदेखि सुन्धरास्थित सिटिसी मलमा सारेको हो । त्यस अवसरमा महासङ्घका इन्चार्ज रचना खड्का, महासङ्घका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा उद्योगी व्यवसायीको उपस्थिति थियो ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर