अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा केसीले महाधिवेशन गर्न सक्दैनन् : अधिवक्ता डा.कँडेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा अधिवक्ता नारायण कँडेलले बद्री केसी समूहले महाधिवेशन गर्न नसक्ने दाबी गरेका छन्।

एनआरएनएको विवादसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेकाले नयाँ महाधिवेशन गर्न कानुनी आधार नभएको उनको जिकिर छ ।
कँडेलले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि हालतमा अधिवेशन सम्भव छैन।’

सर्वोच्च अदालतले दिएको परमादेशअनुसार एकताको महाधिवेशन सम्पन्न भइसकेको र त्यसबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई तालुक मन्त्रालयले आधिकारिक मान्यता दिइसकेको कँडेलको दाबी छ। उनका अनुसार, सो कार्यसमितिलाई रोक्न अदालतले हालसम्म कुनै आदेश जारी नगरेकाले यो कार्यसमिति नै वैधानिक रूपमा क्रियाशील छ।

अधिवक्ता कँडेलले बद्री केसीले सचिवालय कब्जा गरेर आफू निर्वाचित अध्यक्ष भएको दाबी गरे पनि त्यो कानुनी हैसियतमा नठहरिने समेत बताए ।

गैरआवासीय नेपाली संघसम्बन्धी अहिले ६ वटा मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको छ । तर, केसीले अक्टोबरमा महाधिवेशन गर्न भनेर प्रक्रिया अघि बढाइसकेका छन् । केसी पक्षका उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको बताए ।

शर्माले ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत आफ्नो नाम दर्ता गराएको बताए। दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइने उनको भनाइ छ । एनआरएनएमा लामो समयदेखि विवाद रहेपनि समाधान हुन सकेको छैन । अदालतको आदेश अनुसार अधिबेसन हुदा पनि प्रधानमंत्री ओली नाइँ मलाइ एमाले चाहिन्छ भनेर जिद गर्दा समस्या समाधान हुन नसकेको पदाधिकारी बताउछनl

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर