एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओलीले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

काठमाडौँ, ६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितका नेता तथा कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गर्नुभयो । अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिनुभयो । “हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ ।

अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपार्इंहरु मुक्त हुनुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।” पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएका छन् ।

खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिरबाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन ।

पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ । कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित एमाले पार्टी प्रवेश गरेको बताउनुभयो ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर