काठमाडौं । नेपाली जनसम्पर्क सम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति विश्व संजालले नेपाली कांग्रेसका सभापति लगायत पदाधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
संघका उपाध्यक्षद्वय चित्र केसी, कञ्चन पोखरेल र महासचिव चिन्तामणी सापकोटा सल्लाहकारद्वय सुवाश लोहनी, विज्ञान प्रसाईं र नेत्र पौडेल सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्व प्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ र पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल लगायत केन्द्रिय नेताहरु भेटेर नेपाली जन संपर्क अन्तराष्ट्रिय समन्वय समिति” विश्व संजाल” ले आफ्ना गतिविधबारे जानकारी गराएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले नेपाली जनसम्पर्कको अन्तर्राष्ट्रिय समिति बिश्व संजाल सहितको क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय प्रति आभार व्यक्त गर्दै यसले आगामी दिनमा प्रवासमा संगठन विस्तार गर्न सहयोग पुग्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रवासमा बस्ने कांग्रेस निकटका व्यक्तिहरुले सन् २००८ देखि पार्टी र नेपालसँगको सम्बन्ध स्थापित गर्नका लागि माग गर्दै आइएको थियो । २०१८ देखि नै बिश्वभरी नेपाली कांग्रेसको संगठन बलियो बनाउन, यसको आवश्यकता महसूस गरी नेपाली जनसंपर्क अन्तर्राष्ट्रिय समन्वय समिति (बिश्व संजाल) गठन गरिएको थियो । संजालले जनसम्पर्क समितिहरुको हितका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सभापति सहित कांग्रेस नेताहरुलाई वुझाएको ज्ञापन पत्र यस्तो छ ।
आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेस केन्द्रीय कार्यालय,
सानेपा, ललितपुर।
विषय: नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) सम्बन्धमा
महोदय,
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले भारतको मुम्बईबाट सुरु गर्नुभएको विदेशमा बस्ने नेपालीहरूलाई संगठित गर्ने अभियान हाल नेपाली जनसम्पर्क समितिमार्फत विश्वका अधिकांश देशहरूमा विस्तार भएको छ। यो संगठनलाई अझ सशक्त, चुस्त र स्रोत–साधन सम्पन्न बनाउँदै महादेशीय र विश्व सञ्जालमार्फत नेपाली कांग्रेसका नीति, सिद्धान्त र देशका समस्याहरूलाई सम्बोधन गर्न हामी लामो समयदेखि सक्रिय छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले हाम्रा प्रयासहरूलाई मनन गरी विश्व सञ्जाललाई मान्यता दिने निर्णय गरेकोमा हामी अत्यन्त हर्षित र गौरवान्वित छौँ। यो निर्णयले विदेशमा रहेका कार्यकर्ताहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।
हालसम्मका प्रमुख उपलब्धिहरू:
विश्वभरका नेपाली जनसम्पर्क समितिहरूलाई संगठित गरी पार्टीको नीति र कार्यक्रम प्रवासमा प्रभावकारी बनाउन योगदान l स्थानीय, प्रदेश र संघीय निर्वाचनमा विदेशबाट आर्थिक र भौतिक सहयोग परिचालन। अन्य राजनीतिक शक्तिहरूलाई रोक्दै नेपाली कांग्रेसको प्रभाव र संगठन विस्तार। भौतिक र अनलाइन माध्यमबाट नेताहरूका कार्यक्रम आयोजना। प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई पार्टी र देशको हितमा उपयोग गर्न पहल।
प्रस्तावित सांगठनिक ढाँचा: नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) को सांगठनिक संरचना दुई तहको हुनेछ:
केन्द्र: आवश्यकताअनुसार विभिन्न विभागहरू गठन।
क्षेत्र: सातवटा क्षेत्रीय समितिहरू (अमेरिका, युरोप, मध्यपूर्व, एसिया–प्यासिफिक, सार्क, अफ्रिका र अस्ट्रेलिया)। प्रत्येक क्षेत्रमा एक संयोजक र उपसंयोजक रहनेछन्।
हाल गठित क्षेत्रीय समितिहरू: अमेरिका, युरोप, मध्यपूर्व, एसिया–प्यासिफिक, सार्क र अफ्रिका, अस्ट्रेलिया (गठन प्रक्रियामा)।
सदस्यताका लागि योग्यता:
नेपाली जनसम्पर्क समितिका वर्तमान वा पूर्व पदाधिकारी, सदस्य वा सल्लाहकार, नेपाली कांग्रेसका वर्तमान वा पूर्व महासमिति सदस्य वा महाधिवेशन प्रतिनिधि, पार्टी वा यसका भ्रातृ संगठनमा एक कार्यकाल जिम्मेवारी पूरा गरेका नेता वा अग्रजहरू।
प्रमुख उद्देश्यहरू:
ज्ञान र सीपको उपयोग: विदेशमा रहेका विज्ञ, वैज्ञानिक, प्राध्यापक र प्राविधिकहरूको ज्ञान र सीपलाई पार्टी र देशको हितमा उपयोग गर्ने।
राष्ट्रिय समितिहरूसँग समन्वय: जनसम्पर्क समितिहरूबीच सहकार्य र विधानमा एकरूपता कायम गर्ने, तर तिनको स्वायत्ततामा हस्तक्षेप नगर्ने l केन्द्रीय समितिसँग समन्वय: पार्टीको केन्द्रीय कार्यसमितिसँग सहकार्य गरी संगठन विस्तार गर्ने।
प्रवासी नेपालीको हित: प्रवासमा रहेका नेपालीहरूको हकहित र व्यावसायिक उन्नतिका लागि काम गर्ने।
लोकतान्त्रिक उम्मेदवारलाई सहयोग: सामाजिक संघ–संस्थाहरूमा प्रभावकारी भूमिका निर्वाह गरी लोकतान्त्रिक उम्मेदवारलाई जिताउन सहयोग गर्ने।
संगठन विस्तार: जनसम्पर्क समिति नभएका देशहरूमा पार्टी केन्द्रसँग समन्वय गरी संगठन विस्तार गर्ने।
लोकतन्त्र र मानवअधिकारको रक्षा: लोकतन्त्र र मानवअधिकारविरुद्धका गतिविधिहरूको विश्वव्यापी खबरदारी।
मतदानको अधिकार: प्रवासी नेपालीहरूले बसेको देशबाट मतदान गर्न पाउने व्यवस्थाको पहल।
ज्ञान र सीपको स्वदेशीय उपयोग: विदेशमा आर्जित धन, प्रविधि र सीपलाई स्वदेशको हितमा उपयोग गर्ने वातावरण बनाउने।
नागरिकताको निरन्तरता: नेपाली नागरिकताको निरन्तरताका लागि कानून निर्माणमा पहल गर्ने।
आगामी योजना:
हामी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सबै महादेश र भूगोलमा संगठनलाई थप सक्रिय र गतिशील बनाउँदै लैजानेछौँ। प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र क्षमतालाई प्रजातन्त्र र देशको उन्नतिका लागि उपयोग गर्न जोड दिनेछौँ। साथै, लोकप्रियताको नाममा आपराधिक चरित्र भएका व्यक्तिहरूले नेपालीहरूको भावनाको दुरुपयोग गर्न नदिन संगठित रूपमा खबरदारी गर्नेछौँ।
विश्व सञ्जाल सन् २०१८ देखि निरन्तर सक्रिय रहँदै आएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको हालैको निर्णयले हामीलाई थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको छ। हामी विश्व सञ्जाललाई औपचारिक मान्यता प्राप्त संगठनका रूपमा अझ प्रभावकारी बनाउँदै पार्टीको निर्देशन र आवश्यकताअनुसार जिम्मेवारीपूर्वक काम गर्न प्रतिबद्ध छौँ।

यो प्रस्तावलाई विचार गरी आवश्यक निर्देशन र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ।
विश्व संजाल संजाल केन्द्रीय कार्य समिति
अध्यक्ष: बिष्णु सुवेदी -अमेरिका
उपाध्यक्ष: चित्र के सी – युएई, कंचन पोखरेल – अष्ट्रेलिया , नवराज शिवाकोटी -साउथ कोरिया
महासचिव: चिन्तामणि सापकोटा – स्पेन
सह महासचिव : भुपि गोविन्द श्रेष्ठ- जापान, नविन आचार्य – डेनमार्क
कोषाध्यक्ष : शशीचन्द्र अधिकारी -अमेरिका
प्रवक्ता : मुक्तिनाथ पन्त – अमेरिका
सदस्यहरू : कुल बहादुर गुरूड – हंगकंग, प्रमोद सिटौला – अमेरिका, विराट श्रेष्ठ – भारत, डि पि कँडेल – जापान, राजेन्द्र जमरकट्टेल- जापान, प्रिय रंजन दाहाल – अमेरिका, अंबिर जोशी- मकाऊ, उत्तम कडेल – नेदरल्याड, टिका राम सापकोटा – वेलायत, पूर्ण तिमिल्सिना – बेल्जीयम, दिपक रेग्मी -नेदरल्याड, कुश वस्नेत -वेलायत, उषा भुसाल सुवेदी – ईजरायल, बेदनिधि आचार्य – ओमान, नवराज लामिछाने -साउदी अरव, विष्णु सापकोटा -पोर्चुगल, राजेन्द्र बिरही- कुवेत, भवानी शंकर तिवारी -मलेशिया, तारा प्रसाद बंजाड़े- चीन, ज्ञानेन्द्र खत्री – युएइ, पशुपति पाण्डे – अमेरिका, अनन्तराज सुबिदी – अमेरिका, राम मिश्र – अमेरिका, प्रतिक पाण्डे – अमेरिका, दिवाकर बाकचन्द – अमेरिका, श्याम पारीयार – नर्वे, हेमराज पाण्डे – क्यानडा, चन्दा अधिकारी – क्यानाडा, भिम लुइटेल – अस्टेलिया, निल थपलिया – अस्टेलिया, कृष्ण प्रशाद आचार्य – भारत, शिव बलायर – भारत, इश्वर धामी – साउथ कोरिया, मिन गुरुङ – हङकङ, हरि प्रशाद कोइराला – मलेसिया, शान्ती अधिकारी – मकाउ, तारा प्रसाद बंजाड़े – चीन, सुरेश गिरी – जापान, सरस्वती खनाल – पोर्चुगल, बेदनिधि आचार्य – ओमान, राम कुमार परीयार – यु ए ई, साम्बा लामिछाने अमेरिका
विश्व संजालका क्षत्रीय समिती हरु
अमेरिका क्षेत्रीय समिति : टक बहादुर रुवाली, युरोप क्षेत्रिय समिति : शेखर कंडेल, मध्य पुर्व क्षेत्रिय समिति : नानुकाजी अर्याल, एसिया प्यासेफिक क्षेत्रिय समिति : राम प्रसाद उप्रेती, सार्क क्षेत्रिय समिति : शिव बलायर, अफ्रिका क्षेत्रिय समिति : कृष्ण दत्त भट्ट, अस्टेलिया क्षेत्र क्षेत्रिय समिति- गठन हुने क्रममा ।



