गैर आवासीय नेपाली संघ स्पेनको नवौं अधिवेशन: अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित हुने

बार्सेलोना, स्पेन — गैर आवासीय नेपाली संघ (NRNA) स्पेनको नवौं राष्ट्रिय महाधिवेशन यहि आउँदो जुलाई ३० तारिख भव्य रूपमा सम्पन्न हुने भएको छ। अधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिको अनुसार सम्पूर्ण उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन्। उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछी अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन हुने तय भएको हो।

निर्वाचन समितिले प्रकाशित गरेको सूची अनुसार शन्तोष श्रेष्ठ NRNA स्पेनको नयाँ कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा निर्विरोध निर्बाचित हुनु हुने भएको छ। श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष, महासचिव, सचिब, कोषाध्यक्ष, महिला तथा युवा संयोजकसहितको पूर्ण कार्यसमिति एकमतले चयन हुने पक्का भएको छ।

निर्वाचित हुने प्रमुख पदाधिकारीहरूको विवरण यस प्रकार रहेको निर्बाचन आयुक्त सन्दिप मोहन भट्टराई ले बताउनु भयो।

  • अध्यक्ष: शन्तोष श्रेष्ठ
  • बरिष्ठ उपाध्यक्ष: सुरेन्द्र थापा
  • उपाध्यक्ष (खुल्ला): जमुना देवी सापकोटा
  • उपाध्यक्ष (खुल्ला) दीपक बस्नेत
  • महिला उपाध्यक्ष: मालती पन्त
  • महासचिव: नविन घिमिरे
  • उप–महासचिव: सुभाष बहादुर बिष्ट
  • सचिव: गणेश राज अधिकारी, प्रविन लोहार
  • कोषाध्यक्ष: नारायण प्रसाद सुबेदी
  • सह–कोषाध्यक्ष: सुभाष खड्का
  • महिला संयोजक: लक्ष्मी घिमिरे (सत्यदेबी)
  • युवा संयोजक: दिपिका श्रेष्ठ
  • युवा उप–संयोजक: प्रलाद कार्की
  • सदस्यहरू: मोहन राज गौतम, चन्द्रकान्त पोखरेल, हिम्सागर कार्की, विष्णु बहादुर सार्की, सम्वर बहादुर गिरि

साथै प्रस्तावित आइ सी सी सदस्य रोशन पाठक

निर्वाचन समितिका संयोजक सन्दिप मोहन भट्टराई र सदस्यहरू बिनय अधिकारी र शुदर्शन शर्मा ले हस्ताक्षर गरी सार्वजनिक गरिएको उम्मेदवारी सूची अनुसार यसपटकको अधिवेशन पूर्णतः सहमतिको भएको पुष्टि गरेको छ।

NRNA स्पेनका अध्यक्षमा निर्विरोध चयन भएका शन्तोष श्रेष्ठले “सर्वसम्मतिको भावना र एकताको बलमा नयाँ कार्यसमिति गठन भएकोमा खुसी लागेको” प्रतिक्रिया जनाउनुभएको छ। उहाँले आगामी कार्यकालमा स्पेनस्थित नेपाली समुदायको हित, अधिकार, र सामाजिक विकासका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

अध्यक्ष पेशल कोइरालाको सरल स्वभाब , महासचिब सुन्दर रानाभाट बौद्दिक क्षमता र टिमको अथक प्रयास बाट यो सम्भब भएको समाजका अग्रजहरुले बताउनु भएको छ।

अधिवेशनको औपचारिक घोषणा समारोहमा सम्पूर्ण निर्वाचित कार्यसमितिको सपथग्रहण तथा भावी योजनाको प्रस्तुति गरिने कार्यक्रम तय गरिएको सन्तोष श्रेष्ठ ले बताउनु भयो ।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर